पर्खाल भत्किँदा कामदारको मृत्यु

विराटनगर, ३ पुस । निर्माणाधीन भवनको पर्खाल भत्किँदा एक कामदारको मृत्यु भएको छ र तीन कामदार घाइते भएका छन् ।

विराटनगर-४ स्थित केशलिया खोला नजिक निर्माणाधीन अवस्थामा म्याजिक चप्पल उद्योगको पर्खाल आइतबार अपराह्न ४ बजे भत्किएपछि सुनसरीको दुहवी-१३ बस्ने ४५ वर्षीया कलादेवी चौधरीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

सोही घटनामा विराटनगर-४ बस्ने ५० वर्षीय रतन माझी, दुहबी नगरपालिका-११ बस्ने २५ वर्षीय रमेश मण्डल र ३५ वर्षीय वीरनारायण चौधरी घाइते भएका हुन् । उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया