नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौँ, ३ पुस । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा सोमबार बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल फेनार्गन र एक थान सिरिञ्ज पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ अधिकारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको भट्टले बताए ।

प्रतिक्रिया