अध्यक्ष त दुबै जना अहिले पनि छँदै छौँ निः अध्यक्ष ओली

काठमाडौं, २ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षको लागि नभई आइतबार भएको संयुक्त पत्रकार सम्मेलन चुनावको समिक्षा भएको बताए ।

निकट भविष्यमा पार्टी एकता गर्ने कु्रामा कोही कसैले पनि शंका नगर्न आग्रह गरे । उनले भने,‘अध्यक्ष पदलाई धेरै ठूलो लिनु पर्दैन । म पनि अध्यक्ष छँदै छु, प्रचण्डजी पनि अध्यक्ष नै हुनुहुन्छ ।

तर अहिले देशले भोगेको समस्या र चाहनाको कुरा पुरा गर्नलाई पार्टी एकता गर्ने हो ।’ उनले थपे,‘पहिले त हामी पार्टी एकताको भन्दा पनि नयाँ सरकारको सन्दर्भको संरचना तयार गर्दै छौँ ।

आइतबारको प्रमुख उदेश्य चुनावको सबै परिणाम आइसक्यो त्यसको छलफल गर्ने हो ।’

प्रतिक्रिया