धान उत्पादनमा कमी

चितवन, २९ मंसिर । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ ।जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।

यसवर्ष ९७ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष एक लाख दुई हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा २९ हजार २०० हेक्टर क्षेत्रलफलमा धानखेती गरिएको थियो ।

साउनको अन्तिमसाता आएको बाढीका कारण २०० हेक्टर क्षेत्रफलमा लगाएको धानखेती कटान र डुबानमा परेपछि उत्पादनमा कमी आएको कार्यालयका प्राविधिक नोदनाथ लामिछानेले बताए ।

वर्षातसँगै धानमा देखिएको पहेँलो रोगका कारण उत्पादनमा कमी आएको उनले बताए ।

३.६ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि ३.३६ प्रतिशत मात्र धान उत्पादन भएको लामिछानेले बताए । डुबान र कटानले क्षेत्रफल घटाएको थियो भने रोगले उत्पादकत्वमा कमी ल्याएको थियो ।

प्रतिक्रिया