हस्तकला महासंघले मनायो ४५औं वार्षिकोत्सव


काठमाडौं, २९ मंसिर । नेपाल हस्तकला महासंघले ४५औँ वार्षिकोत्सव तथा छैटाँै हस्तकला दिवसको अवसर पारी हस्तकला प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । उक्त हस्तकला प्रदर्शनीमा २० जना कलाकारद्वारा निर्मित हस्तकला सामग्रीको प्रदर्शन गरिएका हुन् । महासंघले ०७४, २८ मंसिरमा महासंघ स्थापना भएको दिनलाई हरेक वर्ष हस्तकला दिवस मनाउँदै आएको छ ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक तेजसिंह विष्ट, महासंघका पदाधिकारीहरू तथा कार्यसमिति सदस्यहरू, पूर्वअध्यक्षहरू, पूर्वकार्यसमिति सदस्यहरू, सदस्य संघका अध्यक्षहरू, विभिन्न व्यापारिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापारलाई प्रवद्र्धन गर्न महासंघ लागिपरेको बताए । कार्यक्रमका प्रमुखअतिथि महेश्वर न्यौपानेले नेपालका बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरू बिस्तारै लोप हँुदै गएको तथ्यलाई आँैल्याउँदै हस्तकला महासंघले हाम्रो संस्कृतिको परिचयको रूपमा रहेको हस्तकलाको जगेर्ना, प्रवद्र्धन तथा विकासमा पु¥याइरहेको योगदानको पनि प्रशंसा गरेका थिए ।

त्यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक तेजसिंह विष्टले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले हालै दक्ष जनशक्तिको विकास तथा कार्पेट र हस्तकला सामग्रीको निकासीमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गरे ।

झन्डै ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको हस्तकला क्षेत्रले वार्षिक १० अर्बको हाराहारीमा निकासी व्यापार र सोही अनुपातमा आन्तरिक बिक्रीगरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया