भिजन ओली : सुखद् होस् भोलि

‘यो निर्वाचनमा कसैको हारजित भए पनि देशचाहिँ नहारोस् ।’ निर्वाचनको केही अगाडि सामाजिक सञ्जालमा यस्ता भावनाहरूको बाढी नै थियो । निर्वाचनको परिणामले देशले नहारेको र अब नहार्ने मोडमा गएको कुरा प्रमाणित गरिदियो । संघीय गणतन्त्रातमक नेपालको पछिल्लो निर्वाचनमार्पmत देशको राजनीतिले स्वर्णिम बाटो लिँदै छ । ०५२ सालपछि पहिलोपटक राजनीतिक स्थिरताको आभाष भएको छ । निरन्तर सरकार पाल्ने र फाल्ने खेलमा देशको पूरै राजनीति अल्मलिएका कारण आमनागरिकका अपेक्षा अनि देशको विकास कहिल्यै राजनीतिको प्रधान कार्य बन्न सकेको थिएन । तर, अब राजनीतिका कुनै सकुनीहरूले पनि पासा पल्टाउन नसक्ने गरी स्थायी सरकार निर्माण हुनेछ । विकास, समृद्घि तथा सकरात्मक प्रगतिलेसमेत निरन्तर रफ्तार लिनेछ ।

यो निर्वाचनले कुनै पार्टीले जितेको वा कसैले हारेको नभई केही विशेष चरित्रहरू पराजित भएको देखाएको छ । संसदीय प्रजातन्त्रलाई विरूप पार्ने गरी गलत अभ्यास गर्ने, नेपालको मौलिक अर्थतन्त्रलाई उदारीकरणका नाममा पूरै पराधीन बनाउने, घरका सदस्यका भन्दा पाहुनाका अधिकार सशक्तीकरणको वकालत गर्ने शक्तिहरूलाई निमिट्यान्न पारेका छ । यसरी अधिकांश मानिसले आँकलन गरेभन्दा ठूलो स्तरको राजनीतिक सकारात्मक परिवर्तन देखिनुमा सबैभन्दा ठूलो पार्टीका सबैभन्दा ठूला नेता ओलीको ठूलै भूमिका छ । आज जस्तो राजनीतिक परिणाम आयो । त्यो ओली भिजनकै उपज हो । सबैको अविछिन्न सदासयता र सहयोगका आधारमा अब भिजन ओली आमनागरिक र सम्पूर्ण देशको लागि सुखद् भोलि निर्माणमा क्रियाशील रहनुपर्छ । समृद्ध नेपाल निर्माणका लागि यही अनिवार्य आवश्यकता हो ।

ओलीका आधार

देश इतिहासकै सबैभन्दा असहज परिस्थितिमा रेहेका बेला संविधानसभाबाट संविधान जारी भएलगत्तै कार्यान्वयनका लागि प्रधानमन्त्रीका रूपमा ओलीले सत्तारोहण गरे । छिमेकी मात्र होइन, स्वदेशीकै समेत चर्को आलोचना, प्रायोजित असहयोग अनि कुटिल कटाक्ष खेपेरै पनि नेपालीको स्वाभिमानलाई उच्च राखे । केवल ओलीलाई परास्त गर्न एकथरी मानिसहरू साम, दाम, दण्ड, भेद सबै अवलम्बन गर्र्थे । तर, ती विविध असहजताका बाबजुद थुपै्र मानिसलाई हावादारी लागे पनि उनले देशको समुचित प्रगति अनि नागरिक अपेक्षित समृद्घिका योजना सुनाए ।

पूर्व–पश्चिम रेल, पाइपबाट तेलदेखि हावाबाट बिजुली अनि पाइपबाट ग्यास तथा नेपालको पानीजहाजसम्मको कल्पना गरे । ओलीका कल्पनाको तत्काल सम्भावना त थिएन होला तर पूरै असम्भव भने थिएनन् । विकास स्वतः हुने पक्ष होइन, कल्पना पनि गर्न सक्नुपर्छ । जिन बद्रिलार्ड ‘द सिमुलाक्रा एन्ड सिमुलेसन’ नामक पुस्तकमा कल्पनालाई सत्यताभन्दा पनि शक्तिशाली सम्झन्छन् । राइट ब्रदर्सले पनि पहिले कल्पना गरे, अनि हवाइजहाज बनाए । अमेरिकाले पहिले चन्द्रमामा मानव अवतरण गर्ने कल्पना ग¥यो र पछि नील आर्मस्ट्रङलाई त्यहाँ पठायो ।

कम्तीमा सपना नै नदेखे कसरी पूरा हुन्छ ? नागरिकले आज ओलीका सपनालाई अनुमोदन गरे । भारी मत दिएर देशको पहिलो शक्ति बनाए । सपना खोज र सार्थक गरेर देखाउ भनेर बाटो प्रशस्त गरिदिए । अस्थिरता हटाउन वाम गठबन्धन बनाएका कारणले समेत उनलाई नयाँ उचाइ दियो । उनले देशभक्ति र राष्ट्रवादका पक्षमा निरन्तर वकालत गरे । टेश टुक्रनै लाग्दा विभिन्न प्रकारका शक्तिकेन्दसँग निर्भयपूर्वक देशको पक्षमा बसेको कारण उनको कद निकै उँचो भयो ।

यद्यपि कांग्रेसका केही दम्भी कदमहरू जस्तै प्रधानन्यायाधीश काण्ड, आइजिपी काण्ड, राजदूत काण्डदेसख अनेकन कुराहरूमा देउवाको कमजोरीका कारण ओली मोह बढेको भनेर विश्लेषण गर्नुचाहिँ अन्याय हो । ओली अरूका कमजोरीले नभई, आप्mनै सवल पक्षले सर्वाधिक लोकप्रिय नेताको रूपमा स्थापित भए । दूरदर्शितासहित समुन्नत भोलिको स्पस्ट सपना दिन सकेकाले ओली आज अद्घितीय र असमानान्तर उचाइ लिन पुगे । अब सपना पूरा गर्ने सम्भावनाको खोजी उनको मुख्य कार्य बन्नुपर्छ, हामीसँग सम्भावनाको अपार वहार छ ।

सम्भावनाको वहार
देशमा हुने आर्थिक विकास, रोजगारी सिजनालगायत शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सञ्चारजस्ता भौतिक पूर्वाधारको सहज र सवल सुनिश्चितताजस्ता कुराहरूचाहिँ ओलीमाथि आमनागरिकका अपेक्षा हुन् । सांस्कृतिक र सामाजिक समन्वयलाई अझ मजबुत गर्नु अनि सम्पूर्ण जाति र प्रजातिको समतामूलक समानतामा जोड दिनु उनको अर्को कर्तव्य हो । पछिल्लोपटक तीव्र समृद्घि कमाएका देशहरू विशेषगरी एसिया महादेशका देशहरूमा यो प्रवृत्ति उल्लेख्य छ । नयाँ राष्ट्र नयाँ नामले होइन, नयाँ कामले मात्र बन्छ । कम्तिमा देशलाई नागरिकले चाहेका प्रत्येक पक्षमा अनुकरणीय र समृद्घ बनाउने ठोस प्रयास गर्नसके त्यसले ओलीलाई साच्चै राजनेता बनाउँछ । संघीयताको एउटै चाहानासमेत यही हो ।

हाम्रा दुबै छिमेकीले पछिल्लो दुई दशक उच्च आयतन र गतिको आर्थिक वृद्घि गरे । दक्षिण कोरिया, जापान, भियतनाम, मलेशिया, ताइवान, हङकङ, थाइल्यान्डजस्ता देशको आर्थिक विकासले बाघको हिँडाइजस्तो उच्च फड्का मारेकाले उनीहरूलाई ‘बाघ अर्थतन्त्र’ भनिन्छ । त्यस्तै आर्थिक विकास ओलीको अबको लक्ष हुनुपर्छ । मकाउमा सम्पूर्ण जनसंख्याको ५० प्रतिशत, बहामासमा ३० प्रतिशत, अरुवामा ३० प्रतिशत र माल्दिभ्समा २५ प्रतिशतले पर्यटनबाट प्रत्यक्ष रोजगारी पाएका छन् । झन्डै कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशतसम्म आम्दानी गर्छन् । पर्यटन हाम्रो विकासको पनि एउटा मुख्य आधार बन्नसक्छ । हामीसँग अचुक सम्भावना छ, तिनको भरपुर विकास गर्नुपर्छ ।

कुल ग्रार्हस्थ उत्पादनमा कृषिको योगदान जम्मा पाँच प्रतिशत भएको अमेरिका र जम्मा जनसंख्याको तीन दशमलव सात प्रतिशत मात्र मानिस कृषिमा संलग्न भएको फ्रान्सचाहिँ विश्वभर खाद्यान्न बजार निर्माण गर्दै छन् । ७० प्रतिशत मानिस संलग्न हामीले पनि कृषिको वैज्ञानिकीकरण र व्यवसायीकरणबाटै समृद्घि पाप्त गर्ने तरिका खोज्नुपर्छ । हामीलाई यो व्यवसाय माटो, समय, पँुजी र दक्षतासमेत सुदाउँदो छ । केरिया÷कुवेत होइन, खोरिया÷खेतबाट नै सफलताको मार्गचित्र कोर्नुपर्छ । विभिन्न अध्ययनले नेपालमा बहुमूल्य खनिज पदार्थ भएको देखाउँछ, उत्खनन् र उपभोग गर्नुपर्छ । स्थानीय सरकार यस्ता सम्भावनाको खोजी, विकास र विस्तार गर्ने सबैभन्दा सुहाउँदो निकाय हो ।

छिमेकी चीनबाट ओबर नामक महत्वकांक्षी व्यापार परियोजना आयो । यसले संसारको क्रमशः ७०, ६० र ५० प्रतिशत क्षेत्र, मानिस र कुल ग्रार्हस्थ उत्पादनलाई आकर्षित गर्नेछ । भारतबाट जापानको सहयोगमा एसिया अफ्रिका विकासमार्ग नामक अर्को व्यापार सञ्जाल आउँदै छ । दुबैले नेपाललाई पनि विश्वबजारमा स्थान दिन सक्छ । गरिबी निराकरण, रोजगारी निर्माण अनि व्यापार प्रवद्र्धनमा सघाउन सक्छ । केन्द्रीय सरकारले समन्वय गर्नुपर्छ ।

तत्कालको अविकासका लागि हामी भ्रष्टाचारलाई प्रमुख समस्या मान्दै छौँ । सेवाप्रवाह र भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ । भयावह शिक्षालाई गुणात्मक र प्रायोगिक हिसाबले सुधार्न जोडबल गर्नुपर्छ । प्रदेशमा बन्ने सरकारहरूले दुई सरकारबीच सशक्त पुल बन्नुपर्छ ।

बेलायत तथा जर्मनीले सन २०४० बाट पेट्रोलबाट चल्ने सवारीमा प्रतिबन्ध लगाउँदै छन् । अबको केही दशकपछि संसारभर तेलको हाहाकार हँुदा विद्युत् मात्र एक वैकल्पिक ऊर्जा हुनेछ । त्यसबखत आज मध्यपूर्व भनिएका देशहरूले तेल बेचेजस्तै हामीले ऊर्जा बेच्न सक्नुपर्छ । वैदेशिक रोजगारीबाट विकासको दुःस्वप्नालाई छाडेर आत्मनिर्भर अर्थतन्त्रको बृहत् खाका बनाउनुपर्छ ।

कम्तिमा पाँच वर्षको स्थायी सरकार बन्ने भएकाले आवश्यक काम गर्न समयसमेत हुन्छ । तसर्थ, ओलीको सरकारले यसरी काम गरोस् कि पाँच वर्षमा प्रत्येक स्थानीय निकायमा कम्तिमा दुई हजार डलरमाथि प्रतिव्यक्ति आय होस्, बेरोजगारी न्यून रहोस् । औसत आयु ८० को हाराहारीमा पुगोस्, साक्षरता शतप्रतिशत बनोस् । समुचित र दु्रततर आर्थिक विकासको योजनालाई साकार पार्न प्राकृतिक श्रोत तथा सम्पदाको सही उपभोगमा ध्यान दिओस् ।

स्थानीय तह आर्थिक, भौतिक, प्राविधिक, कानुनी तथा सांस्कृतिक रूपले निर्भर बनोस् । सबै स्थानीय तहमा सम्भव भएसम्मको औद्योगीकरण र हरेक कुरामा व्यवसायीकरण सुरु होस् । विकास निर्माणमा तीव्रता देखियोस् । सन १९९१ मा संघीय संरचनाको नयाँ अभ्यास गरेको रुसबाट समृद्घि रफ्तारको शिक्षा लिन सकिन्छ ।

कम्तिमा वाघअर्थतन्त्रको नामले चिनिने हाम्रा नजिकका छिमेकीहरूको ईष्र्याजनक आर्थिक प्रगतिबाट यथोचित ज्ञान लिनुपर्छ । स्थानीय तहहरूले सघन विकास दिनसक्ने ल्याकत राखून् । सकेसम्म धेरैभन्दा धेरै आन्तरिक आम्दानी गर्ने अनि सरकारबाट पनि अघिका बजेट तान्ने कौशल बढोस् । प्रदेश तथा राष्ट्रिय सरकारसँग सघन लबिङ होस् । सबै स्थानीय तह नमुना बनुन् । अहिले कसैले मतदान गरेको वा नगरेको आधारमा भेदभाव होइन, अर्कोचोटी मतदान गर्न वाध्य हुनेगरी काम गरेर देखाओस् ।

अहिले विश्वभर अन्तरदेशीय र सीमापार सहयोगको आदानप्रदान पनि उच्च छ । नेपालमा समेत प्रतिव्यक्ति वार्षिक तीन सय अमेरिकी डलर बराबरको वैदेशिक सहयोग आउँछ । यस्ता सहयोग सहजीकरण गर्न अनेकाँै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू छन् । कतिपय स्थानमा राज्यबाटभन्दा अधिक बजेट लगेका छन् । त्यस्ता स्रोत खोज्ने, भएकाको उचित अनि माइकल वेन्थामको उपयोगितावादी सिद्घान्त अनुसार धेरै मानिसको अधिकतम भलाइमा उपभोग होस् । खनिज तथा प्राकृतिक सम्पदाको अधिक उपभोग गर्न सकोस् । उच्च समावेशी नेतृत्व छनोट भएको हँुदा समाजका सबै समूह र समुदायका आवश्यकतामा ज्ञात हँुदै सोही अनुसार कार्यक्रम बनोस् ।

आप्mनो हैसियत सवल भएपछि मात्र अरूले पनि समकक्षताको व्यवहार र विश्वास गर्छन् । पहिले विकसित देश बनाउँदै अरूसँग सोही हिसाबको सम्बन्ध खोज्नुपर्छ । उनीहरूबीच हाम्रो उपस्थिति बढाउनुपर्छ, सके प्रभाव पनि विस्तार गर्नुपर्छ । पर्यटनको आक्रमक विस्तार यस्तो कूटनीतिको मुख्य साधक हुनसक्छ । विद्युत् तथा ऊर्जाको व्यापारले हामो अस्थिर वर्तमान सुधार्ने मात्र होइन, विश्व मानचित्रमा हामो प्रतिष्ठा नै प्रवर्धन गर्न सक्छ ।

अन्तर्राष्ट्रिय कानुनको वकालत र अभ्यासले शक्ति राष्ट्रहरूसँग सामिप्यता बढाउन सकिन्छ । सशक्त रूपमा विचारको उत्पादन र प्रवाहीकरण गर्न छात्रवृति, सभा÷सेमिनार, गोष्ठी, प्रकाशनजस्ता कुराहरूमा अधिकत्तम चासो राख्दै प्राध्यापक तथा विद्यार्थीहरूलाई सशक्त र स्वतःस्फुर्त स्वचालित गराउनुपर्छ । जनता÷जनताबीच सम्बन्धका आयाम बढाउनुपर्छ । दुबै छिमेकीसँगको सन्तुलित सम्बन्धले दुबैबाट अधिकतम फाइदा लिनुपर्छ । दुबैको राजनीतिक नेतृत्व इतिहास कै महत्वपूर्ण छ ।

हामीमा राजनीतिक परिवर्तनका शृंखलाहरू सकिए । संविधान निर्माणमा संविधानसभा अनि शासन–व्यवस्थामा गणतन्त्रभन्दा उँचो कद र सर्वाधिक महत्व अनि उपादेयता भएका अन्य कुनै अभ्यास अहिलेसम्म प्रतिपादन भएका छैनन् । यसर्थ, हामीले राजनीतिक अभ्यासको उपल्लो सौन्र्दयतालाई प्राप्त गरिसक्यौँ । अबको एउटै अन्तिम र अविवादित अपेक्षा एकीकृत सफलता हो ।

त्यसैले आर्थिक हिसाबले आत्मनिर्भर, सामाजिक हिसाबले एकीकृत, सांस्कृतिक हिसाबले सुदृढ, अन्तरविविधतामा सम्मानित, मनोवैज्ञानिक हिसाबले अविभाजित अनि अन्तर्राष्ट्रिय जगतमा सञ्चारित र सम्मानित देश अबको आवश्यकता हो । चुनौतिहरू मेट्दै, अपेक्षा मौलाउनुपर्छ । भिजन ओलीको सुखद् भोलि यसैमा भर पर्छ । आशा छ, उनीसँग सोच र सामथ्र्य छ । उनले सामरिक नेतृत्व दिनुपर्छ, बाँकीले उनलाई सघाउनुपर्छ ।

प्रतिक्रिया