खोजखबर

बेवारिसे तीन थान पेस्तोल फेला

सौर्य अनलाइन २०७४ मंसिर २८ गते १६:०४ मा प्रकाशित

इलाम, २८ मंसिर । निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ ।

इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको कमाण्डमा खटिएका टोलीले तीन थान इन्डियन पेस्तोल र आठ राउण्ड गोलीसमेत फेला पारेको प्रहरीले जनाएको छ ।

निर्वाचनमा कडाइ गरिएपछि कसैले बेबारिसे अवस्थामा पेस्तोल र गोली छोडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया