दाइँ लगाउने चलन हराउँदै

पाल्पा, २७ मंसिर । गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको सहायताले दाइँ लगाउने चलन हराएको हो ।

धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको मदनपोखराका किसान लीला बस्यालले बताए ।

करिब आठ हजार ५०० हेक्टरमा धानखेती गरिँदै आएको छ । कम खर्च र छिटोछरितो रुपमा काम गर्न सकिने भएपछि किसान थ्रेसरको प्रयोगप्रति आकर्षित भएका हुन् ।

रामपुर नगरपालिका-४, खोपटायरका पार्वता खाम्चा धेरै कमदारले गर्ने काम थ्रेसरमा सहजै गर्न सकिने भएकाले आकर्षण बढेको बताउँछन् ।

गोरु र कामदार पाउन मुस्किल हुन थालेपछि थे्रसरको प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया