इरानमा ६.२ म्याग्निच्युडको भूकम्प, १८ घाइते

इरान, २७ मङ्सिर । इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन ।

भूकम्पको धक्कापछि घरभित्र बसिरहेका तथा व्यवसायमा सम्लग्न मानिस भागेर सुरक्षित स्थानतर्फ गएका आइआरएनए न्यूज एजेन्सीले बताएको छ ।

भूकम्पपछि होजाक र क्रेमन शहरमा विद्यालयमा बन्द भएका थिए । स्थानीयबीच भूकम्पको त्रासका कारण बुधबार पनि विद्यालय बन्द रहने बताइएको भएका छन् ।

भूकम्पका कारण उक्त क्षेत्रका केही स्थानमा विद्युत तथा खानेपानी सेवा अवरुद्ध भएको आइआरएनएले बताएको छ ।

करिब १० किलोमिटर गहिराईबाट गएको भूकम्पको केन्द्रविन्दु ३०.७५४ डिग्री उत्तरी अक्षांश र ५७.३१५ डिग्री दक्षिणी देशान्तरमा रहेको इरानी भुगर्व विज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया