पर्वतमा समानुपातिकमा एमाले अगाडि

पर्वत, २६ मंसिर । समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा प्रजातान्त्रिकले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा मालेले १७६, राष्ट्रिय जनमोर्चाले ४७५, राष्ट्रिय जनमुक्ति पार्टीले ३८६, नेपाली जनता दलले ११२ र नयाँ शक्ति पार्टी नेपालले २२७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभातर्फको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २७४, काँग्रेसले २३ हजार ९७६ र माओवादी केन्द्रले ८३८ मत प्राप्त गरेका छन् ।

विवेकशील साझाले ९७९ र राप्रपाले ७२३ मत प्राप्त गरेका छन् । अन्य राजनीतिक दलले भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

समानुपातिकमा पाँच सयभन्दा बढी मत ल्याउनेमा अन्य पाँच दल छन् ।

प्रतिक्रिया