भिक्षु अन्जान सुजन ऐसेलुखर्कको भ्रमणमा

काठमाडौं, २६ मंसिर । युरोपमा रहँदै आएका भिक्षु अन्जान सुजन नेवाः बाट तल्लो सोलु लगायतको खोटाङको ऐसेलुखर्कको भर्मण गर्दै आएका छन् ।

स्कटल्याण्डको एक प्रख्यात बौद्ध बिहारमा रहँदै आएका भिक्षु अन्जन सुजन नेवाः लगायतको एक समुहले हालै सोलुखुम्बु दुधकौशिका-९ कुरिमा स्थित लामुडाँडा आधारभूत विद्यालयको भ्रमण गरी शैक्षिक र खेलकुद सामाग्रीहरु वितरण गरेको छ ।

३६ वर्षअघि देखि नै विद्यालयमा अध्ययन गरेका जुभिङ खरिखोला निवासी आङ फुर्वा शेर्पाले उक्त समुहलाई ल्याउन विशेष पहल गरेका थिए ।

धर्म गुरुलेको टिमले नजिकै रहेको पर्म–री स्तुपामा पुजापाठ समेत गरि मानिसको जीवनमा खुशि रहने उपायसहित
ध्यानगर्ने आधारभूत तरिकाहरु सर्वसाधारणहरुलाई सिकाएका थिए ।

तल्लो सोलु र खोटाङलाई पर्यटकिय स्थल बनाउन विश्वको महत्वपूर्ण भूमिका खेल्ने उक्त समुहको योजना रहेको बताइएको छ ।

प्रतिक्रिया