खोजखबर

आगलागीबाट एक करोडको धनमाल नष्ट

सौर्य अनलाइन २०७४ मंसिर २६ गते १२:११ मा प्रकाशित

काठमाडौँ, २६ । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा मंगलबार बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया