‘क्याप्टेन’ मा अनमोल


सौर्य समाचार
काठमाडौं, २६ मंसिर । अभिनेता भुवन केसीले निर्माण गर्ने तयारी गरिररहेको चलचित्र ‘क्याप्टेन’ मा फुटबल खेलाडीको भूमिकामा अनमोल केसी देखिने भएका छन् । अभिनेता अनमोलका पिता भुवनले निर्माण गर्ने तयारी गरिरहेको चलचित्र सुपर काजोल फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।
चलचित्रको निर्देशन दिवाकर भट्टराईले गर्दै छन् । फागुनबाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रका विषयमा अनमोलका पितासमेत रहेका निर्माता भुवनले अनमोलका फ्यानका लागि चलचित्र सरप्राइज हुने बताए । ‘होस्टल’ बाट चलचित्रमा देखिएका अनमोलका यसअघि ४ चलचित्रले राम्रो व्यापार गरेका छन् । अभिनयमा कमजोर रहे पनि अनमोल पिताका कारण फिल्मनगरीमा टिकेका छन् । भुवन कसरी स्टारडम सिर्जना गर्ने र त्यसलाई प्रचार कसरी गर्ने भन्नेमा निकै चलाख छन् । विशेष गरी युवा पुस्ताले उनलाई रुचाएका कारणसफल देखिएको केही चलचित्रकर्मीको भनाइ छ ।
चलचित्र ‘क्याप्टेन’ मा फरक भूमिका र गेटअपमा अनमोल देखिन लागेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया