विजयी उम्मेदवारको मतपरिणाम

नवलपरासी, २५ मंसिर । नवलपरासीमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ विभिन्न दलका उम्मेदवार विजयी भएपछि दलहरुले सोमबार विजय र्याली निकालेका छन् ।

विभिन्न शहर बजारदेखि गाउँ÷गाउँसम्म विजयी उत्सव मनाएका दलका नेता कार्यकर्ता र समर्थकमा खुसीयाली छाएको छ । नवलपरासी पूर्वको सदरमुकाम कावासोती बजार र नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार यतिबेला दलका विजयी र्यालीले छाएको छ ।

नवलपरासी – बर्दघाट सुस्ता पूर्व र नवलपरासी –बर्दघाट सुस्ता पश्चिम गरी नवलपरासीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र छन् । विजयी उम्मेदवारको मतपरिणाम यस प्रकार छ ।

प्रतिनिधीसभा

नवलपरासी पूर्व– १
काँग्रेसः डा शशांक कोइराला ४०,६२० (विजयी)
माओवादी केन्द्रः भविश्वर पराजुली ३६,५९६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २
एमालेः तिलक महत ३९,०५३ (विजयी)
काँग्रेसः विष्णु कार्की ३७,७२० (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– १
एमालेः हृदयेश त्रिपाठी ३८,५९२ (विजयी)
काँग्रेसः देवकरण कलवार ३३,५९१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– २
कांग्रेसः देबेन्द्रराज कण्डेलः ३४,१३० (विजयी)
माओवादी केन्द्रः धनश्याम यादव २३८९८ (निकटम प्रतिद्वन्द्वी)

प्रदेशसभा

नवलपरासी पुर्व– १ (क)
काँग्रेसः कृष्णचन्द्र नेपाली १७,६८३ (विजयी)
माओवादी केन्द्रः सूर्यप्रसाद न्यौपाने १७,३११ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पुर्व– १ (ख)
एमालेः रोशन गाहा २०,७९० (विजयी)
कांग्रेसः महेन्द्रध्वज जिशी १९,९४१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पूर्व– २ (क)
काँग्रेसः विष्णु लामिछाने १९,२२२ (विजयी)
माओवादी केन्द्रः बालकृष्ण गैरे १८,१६१ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पुर्व– २ (ख)
एमालेः जनकलाल श्रेष्ठ १९,२२२ (विजयीं)
काँग्रेसः गणेशमान श्रेष्ठ १९,०४७ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम–१ (क)
एमालेः दीपेन्द्रकुमार अधिकारी २०,५०६ (विजयी)
काँग्रेसः विक्रम खनाल १८५०२ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम–१ (ख)
एमालेः अजय शाही १९३३३ (विजयी)
काँग्रेसः मुकुल आचार्य १२,६०३ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम– २ (क)
एमालेः वैजनाथ चौधरी २०,९०७ (विजयी)
काँग्रेसः गुणनिधि तिवारी १७,११६ (निकटम प्रतिद्वन्द्वी)

नवलपरासी पश्चिम–२ (क)
काँग्रेसः वैजनाथ कलवार १४,५१५ (विजयी)
राजपाः नगेन्द्र अग्रहरी १०,४३६ (निकटम प्रतिद्वन्द्वी)

प्रतिक्रिया