पर्सा १,२,३ मा फोरम र ४ मा राजपा

तिवारी यादव
पर्सा, २५ मंसिर । पर्साको ४ वटै प्रतिनीधि सभा सदस्य तर्फको मत परिणाम सार्वजनिक भएको छ । कांग्रेस र एमालेको किल्लाको रुपमा रहेको पर्साका ४ प्रतिनीधि सभा सदस्यमा फोरम नेपाल र राजपा गठबन्धनका उम्मदवार विजयी भएका छन् ।

पर्सा क्षेत्र नं १, २ र ३ मा फोरम नेपाल र पर्सा क्षेत्र नं ४ मा राजपा नेपालका उम्मेदवार विजयी भएका छन् । फोरम नेपाल राजपा गठबन्धनका उम्मेदवार एंव फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव बिजयी भएका छन् ।

यादव २१ हजार १ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन् । उनले आफना निकटतम प्रतिद्धन्दि कांग्रेसका अनिल रुंगटालाई ४ हजार ६ सय ५१ मत अन्तरले पराजित गरेका हुन् ।

रुंगटाले १६ हजार ४ सय ८१ मत प्राप्त गरेका छन् । यसैगरि तेस्रो स्थानमा रहेका बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले ५ हजार ४ सय ८१ मत मात्र ल्याएकी छिन् ।

प्रतिनिधी सभा सदस्यमा नव निर्बाचित यादव, सामुदायिक रेडियो नारायणी एफएम वीरगञ्जको सञ्चालक समितिका अध्यक्ष पनि हुन् ।पर्सा क्षेत्र नं २ को प्रतिनीधि सभा सदस्यमा फोरम नेपालका विमल श्रीवास्तव विजयी भएका छन् ।

 

उनी निकटतम प्रतिद्वन्दी भन्दा १ हजार ४ सय ६५ मत बढी ल्याएर विजयी भएका हुन्। फोरम नेपालका श्रीवास्तवले २० हजार १ सय ६९ मत ल्याउँदा नेपाली काँग्रेसका अजय कुमार चौरसियाले १९ हजार ७०४ मत प्राप्त गरे ।

यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट गरि चार पटकसम्म वीरगञ्जको मेयर भईसकेका छन् । पर्सा क्षेत्र नं ३ बाट प्रतिनीधि सभा सदस्यमा फोरम नेपालका हरि नारायण रौनियार विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दी भन्दा १ हजार ३ सय ६५ मत बढी ल्याए । रौनियारले १५ हजार १ सय ६६ मत प्राप्त गर्दा निकतम प्रतिद्वन्दी सुरेन्द्र चौधरीले १३ हजार ८ सय १ मत ल्याए । निवर्तमान सांसद नेकपा एमालेका नेता राजकुमार गुप्ताले १०९८६ मत पाए ।

२०१७ सालमा पर्साको पोखरीयामा जन्मिएका रौनियार २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिएका थिए । यसैबीच पर्सा क्षेत्र नं ४ प्रतिनीधि सभा तर्फ राजपा नेपालका लक्ष्मणलाल कर्ण विजयी भएका छन् ।

 

कर्णले निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाल भन्दा ६ हजार ३६ मत बढी ल्याएर विजयी भएका हुन् । नेता कर्णले २० हजार ७ सय ३८ मत ल्याँउदा नेपाली काँग्रेसका रमेश रिजाल १४ हजार ७ सय मत ल्याए ।

भने माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत पाइन् ।

प्रतिक्रिया