मोहनलाई जुडोमा तेस्रो डान

काठमाडौं २५ मंसिर । अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले तेस्रो डान प्राप्त गर्न सफल भएका छन् । अस्ट्रेलियाको भिक्टोरिया बेन्डिगोमा भएको तेस्रो डान जुडो ब्ल्याक बेल्ट परीक्षामा उत्तीर्ण हुँदै मोहनले तेस्रो डान प्राप्त गरेका हुन् । मोहन २०१२ मा दोस्रो डान बनेका थिए ।

 

३ वर्षको अवधिमा हुने विभिन्न प्रतियोगिताको नतिजाका आधारमा कुल १ सय ५० अंक पु¥याएपछि उक्त परीक्षाका लागि आवेदन दिन पाउने प्रावधान छ ।

यसै वर्ष मोहनले आइजेएफ लेभल–२ कोचिङ कोर्स, आइजेएफ सर्टिफाइट जुडो म्यानेजर कोर्समा डिप्लोमा लगायतका उपलब्धि हासिल गरेका थिए ।

अस्ट्रेलिया जुडो महासंघले सञ्चालन गरेको परीक्षा ग्रेडिङ कमिसनका इन्चार्ज सातौँ डान माल्कोम स्लेड तथा पाँचौँ डान पाट क्विक र नेभिल सार्पले सञ्चालन गरेका थिए ।

 

 

 

प्रतिक्रिया