आइएस अझै हारिसकेका छैनन्ः ब्रिटिस प्रधानमन्त्री टिरिजा

लन्डन, २४ मङसिर । ब्रिटिस प्रधानमन्त्री टिरिजा मेले इस्लामिक अतिवादी समूह आइएस अझै हारिसकेका छैनन् भनेकी छिन् । उनले भनिन्, सिरियाली सीमा क्षेत्रतर्फबाट अझै पनि आइएस इराकका लागि चुनौती हुन सक्छन्, हारिसकेका छैनन्, अझै सतर्क हुनुपर्ने अवस्था छ ।

इराकबाट इस्लामिक स्टेटलाई परास्त गरी युद्धको अन्त्य भएको घोषणा गरेका इराकी प्रधानमन्त्री हाइदर अली अबादीलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री मेले सो धारणा राखेकी हुन् ।

इराकका प्रधानमन्त्री अबादीले गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको आइतबार घोषणा गरेका छन् । सो घोषणासँगै ब्रिटिस प्रधानमन्त्रीको उक्त बधाई सन्देश आएको हो ।

प्रतिक्रिया