सिरहा–३ मा वाम गठबन्धनका श्रेष्ठ विजयी

सिरहा, २४ मंसिर । सिरहा क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ २३ हजार २७० मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अश्वेश्वर यादवले २१ हजार २१८ मत प्राप्त गरे ।

प्रतिक्रिया