संखुवासभामा वाम गठबन्धनको अग्रता

संखुवासभा, २४ मंसिर । जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश ‘क’ मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले ११ हजार ८१० मत प्राप्त गरेका छन् । काँग्रेसका टंकप्रसाद राईले १० हजार ७२५ मत पाएका छन् ।

यसैगरी, प्रदेश ‘ख’ मा एमालेका तुलसीप्रसाद न्यौपाने आठ हजार ६५२ मतसहित अग्रता लिएका छन् भने काँग्रेसका दीपक लिम्बुले आठ हजार ५०९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया