कपिलवस्तु–२ मा वाम गठबन्धनका गुप्ता विजयी

कपिलवस्तु, २४ मंसिर । प्रतिनिधिसभा क्षेत्र नंं २ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता तीन हजार ५८१ मत अन्तरबाट विजयी भएका छन् ।

गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित सांसद गुप्ताले अबका दिनमा नेकपा एमाले भित्र रही मधेश र मधेशका विषय सदैव उठाउने र कपिलवस्तुको समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया