गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी

गुल्मी, २४ मंसिर । गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको गुल्मीको क्षेत्र नं १ बाट एमालेका प्रदीपकुमार ज्ञवाली र क्षेत्र नं २ बाट गोकर्णराज विष्ट विजयी भएका छन् ।

ज्ञवालीले ३७ हजार ५५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीले २९ हजार ४५० मत प्राप्त गरे ।

त्यसैगरी विष्टले ३४ हजार ६१८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै चन्द्रबहादुर केसीले २० हजार १५६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

क्षेत्र नं १ प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका सुदर्शन बराल र एमालेका कमलराज श्रेष्ठ विजयी भएका छन् । बरालले १७ हजार ९१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पृथबहादुर फौदारले १३ हजार २९९ मत प्राप्त गरे ।

त्यस्तै श्रेष्ठले १९ हजार ५५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै धनेन्द्रबहादुर कार्कीले १६ हजार ३३७ मत प्राप्त गरे ।त्यसैगरी क्षेत्र नं २ प्रदेशसभा सदस्यमा एमालेका खडकबहादुर केसी र माओवादी केन्द्रका दिनेश पन्थी विजयी भएका छन् ।

केसीले १६ हजार १६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शालिक पन्थीले ११ हजार ६७३ मत प्राप्त गरे भने पन्थीले १७ हजार ६०१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै छन्दबहादुर पहराईले नौ हजार ५६५ मत प्राप्त गरे ।

प्रतिक्रिया