बाँके–३ प्रदेश ‘क’ मा एमालेका गौतम

नेपालगञ्ज, २४ मंसिर । बाँके क्षेत्र नं ३ प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बाबुराम गौतम विजयी भएका छन् ।

गौतमले ११ हजार ८७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहले सात हजार ५६२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया