हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

हुम्ला, २२ मंसिर । जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।

लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे ।

अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया