खोजखबर

कास्कीमा मतगणना शुरु

सौर्य अनलाइन २०७४ मंसिर २२ गते १५:५६ मा प्रकाशित

पोखरा, २२ मंसिर । बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ ।

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं १ को क्षेत्रीय शिक्षा कार्यालय, क्षेत्र नं २ को डिभिजन सहकारी कार्यालय र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिबाट मतगणना भइरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय