रामेछापमा मतान्तर बढाउँदै वाम गठबन्धन

काठमाडौं, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठले ८ हजार ९१३ मत ल्याएर अग्रता गरेका छन् । त्यस्तै कांग्रेसका पूर्णबहादुर तामाङ कान्छारामले ६ हजार ३४२ मत ल्याएका छन् ।

शुक्रबार दिउँसो २ः१५ बजे सम्मको मत परिणामअनुसार प्रदेशसभा क्षेत्र नं १ मा नेकपा एमालेका शान्ति पौडेलले ४७४६ मत प्राप्त गरेका छन् । पौडेलले नेपाली काँग्रेसका रत्न कार्कीलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहेका छन् ।

कांग्रेसका रत्न कार्कीले ३४८१ मत प्राप्त गरेका छन् । पौडेलले ४ हजार ७४६ मत प्राप्त गरेका छन् भने कार्कीले ३ हजार ४८१ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा एमालेका कैलाश ढुङ्गेलले काँग्रेसका जितबहादुर मगलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहेका छन् । ढुंगेलले ५ हजार ७९३ मत ल्याएका छन् भने मगरले २ हजार ३८१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया