बागलुङमा मतान्तर बढाउँदै वाम गठबन्धन

बागलुङ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहेका छन् ।

पाठकले १४ हजार ९१२ मत प्राप्त गरेको छ भने खड्काले ९ हजार ८७० मत प्राप्त गरेकि छिन् । यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहेका छन् ।

पौडेलले १० हजार ७४९ मत प्राप्त गरेका छन् भने पुनले ८ हजार ५५३ मत लिएका छन् । प्रदेशसभातर्फका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया