पर्सा राष्ट्रिय वनमा विहिबारराती काठ तस्कर र कर्मचारीविच गोली हानाहान

वीरगञ्ज, २२ मंसिर । पर्सा राष्ट्रिय वनमा विहिबारराती काठ तस्कर तथा वन कर्मचारीहरु गोली हानाहान भएको समाचार प्राप्त भएकोे छ ।

काठ तस्करहरुले पर्साको जङ्गलबाट काठ चोरेर ल्याउँदा सशस्त्र वनरक्षकहरुले रोक्दा तस्करहरुले गोली चलाएको जवाफमा वनरक्षकले गोली चलाएको जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा वन कर्मचारी तथा पर्सामा सुरक्षाकर्मीहरु व्यस्त रहेको समयमा जङ्लबाट व्यापक रुपमा काठ चोरी भएको हो ।

पर्साको राष्ट्रिय वनबाट अबैध रूपमा काँचो सालको गोलिया काठ साईकलमा ल्याईरहेको बेला राती पटेर्वासुगौली गाउँपालिको जंगलमा गोली हानाहान भएको थियो ।

वन तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान भएको ईलाका वन कार्यालय गादी रगपुरका सशस्त्र वन रक्षक रामेश्वर यादवले जानकारी दिए ।

गोली हनाहानपछि काठ छोडी तस्कहरु फरार भएको र उनीहरुको खोजी कार्य भईरहेको यादवले जानकारी दिए । आफ्नो तर्फबाट भने २ राउन्ड गोली चलाएको यादवले पुष्टि गरेका छन ।

प्रतिक्रिया