जहाँ चित्त दुखाए मुद्दा . . . !

एजेन्सी, १३ मंसिर । संसारका कतिपय यस्ता देशहरू छन् जहाँ अचम्मका नियमहरू छन् । तपाईलाई ती नियम सुन्दा पनि आश्चार्य लाग्न सक्छ । यस्तै एउटा देश हो क्यानाडा ।

क्यानाडामा धेरैजसो पंजावी मुलका भारतीयहरूको वसोवास छ, त्यसैले यसलाई मिनी पंजाव पनि भन्दछन् । क्यानाडाको नाम क्यानाटा शब्दबाट आएको हो यसको अर्थ हुन्छ गाउँ । गाउँ भनिए पनि क्षेत्रफलको हिसावले क्यानाडा यति धेरै ठूलो छ कि फ्रान्स, जापान, इटाली, बेलायतजस्ता देश एकैपटक अटाउन सक्छन् ।

यो देशमा मुसा मार्न, खरिद र विक्री गर्न निषेध छ । मुसा मारेको वा किन, वेच गरेको पाइए अदालतमा मुद्दा लाग्छ र सजाय हुन सक्छ । यो गैरकानुनी कार्य हो ।

क्यानाडामा चिसो धेरै हुन्छ । चिसोका कारण समुद्रको पानी जम्छ र मानिस त्यसमाथि हकी खेल्छन् । क्यानाडामा क्रिसमसमा हुलाकमार्फत यतिधेरै चिठी आउँछ की ती चिठीको जवाफ दिन कर्मचारी नियुक्त गरिएको छ ।

क्यानाडामा ‘एपोलोजी एक्ट’ माफीसम्वन्धि कानुन बनाइएको छ । यदी कसैले कसैको चित्त दुखाएको वा कुनै नोक्सान पु¥याएको छ भने अदालत गएर माफी पत्र लेखि हर्जाना बुझाउन सक्छन् । ‘मनलाई स्वतन्त्र बनाउ, कुनै अपराधबोधमा नबाँच’ भन्ने यहाँको आम धारणा छ ।

 

प्रतिक्रिया