नयाँ दिल्ली, ८ मङसिर । रुसमा आयोजना हुन गइरहेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा भारतीय विदेशमन्त्री सुषमा स्वराज सहभागी हुने भएकी छिन् ।
भारतीय विदेशमन्त्रालयले शुक्रबार सो जानकारी गराएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवेश कुमारले शुक्रबार भनेका छन्, रुसको सुचीमा यही नोभेम्बर ३० र डिसेम्बार १ मा आयोजना हुन लागेको एससिओमा भारतको तर्फबाट विदेशमन्त्री सुषमा स्वराज सहभागी हुनु भएकी छिन् ।
उक्त सम्मेलनका क्रममा सहभागी हुन गएकी विदेशमन्त्री स्वराजले सो अवसरमा विभिन्न नेताहरुसँग भेटवार्ता पनि गर्ने भएको समाचारमा जनाइएको छ ।
उक्त मञ्च राजनीतिक, आर्थिक, सामाजिक तथा जनस्तरको सम्बन्ध विकासमा एक महत्वपर्ण भएको अनुभव भारतको छ । त्यसैले हामी सहभागी हुन लागेका हौँ- प्रवक्ता रेभिस कुमारले भने ।
भारत सन् २००५ देखि एससिओको पर्यवेक्षक राष्ट्र हो भने यसै बर्षको जुन महिनाबाट उक्त मञ्चको पूर्णकालीन सदस्य बनेको हो ।
प्रतिक्रिया