रुसी राष्ट्रपति असदसँग भएको अघोषित भेटवार्तापछि पुटिनले ट्रम्पसँग फोनवार्ता गर्ने

रुस, ५ मङसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मङ्गलबार टेलिफोन वार्ता गर्ने बताएका छन् ।

रुसी राष्ट्रपति बसर अल असदसँग रसियाको सोचीमा भएको अघोषित भेटवार्तापछि पुटिनले राष्ट्रपति डोनाल्डसँग टेलिफोन वार्ता गर्ने खुलाशा गरेका हुन् ।

‘आधारभूतरुपमा हाम्रो छलफल आज नै हुनेछ’ म अन्य देशका नेताहरुसँग पनि परामर्शमा रहेको छु र यो कुरा मैले पहिलेबाट नै बताउँदै आएको छु’ राष्ट्रपति पुटिनले भने ।

त्यसैगरी उनले कतारका अमिरसँग पनि मंगलबार (आज) या बुधबार (भोली) भित्रमा वार्ता गर्ने राष्ट्रपति ट्रम्पको पूर्व योजना रहेको पुटिनले असदलाई सोमबार बताएका थिए ।

सिरियामा सन् २०११ को मार्चबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र यसका कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ ।

सो आन्दोलनमा परी सन् २०११ बाट हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँजना अरु आफ्नो देश र विदेशमा शरणार्थीको जीवन बितारहेका छन् ।

यहाँको समस्या समाधानका लागि विभिन्न समयमा अमेरिका र रुसको अगुवाइमा वार्ता गरिएको थियो । तर त्यसको समाधान भने निस्किएको छैन ।

प्रतिक्रिया