जसले ३ वर्ष मालिकको बन्द ढोका कुर्यो …

सोल । यो कथा सुनेर जस कसैको गह भरिन्छ र यो वफादार कुकुरको बानीबाट कायल हुनु हुनेछ । जसले ३ वर्षसम्म बन्द ढोका कुरेर मालिकलाई पख्र्यो ।

कथा दक्षिण कोरियाको बुसान सहरको हो जहाँ एक वयस्क महिलाले सडकमा हिँडिरहेको कुकुर भेटेर घरमा ल्याइन् । उनले कुकुरको नाम ‘फू सी’ राखिन् र धेरै समय घरमा सँगै बिताइन् । खुसीको समय तब सकियो जब ती मालिक्नीलाई ब्रेन ह्यामब्रेज भएकाले अस्पताल लगियो र उनको मृत्यु भयो । कुकुरलाई थाहा भएन कि उसको साथी वा मालिक्नी अब यस संसारमा छैनन् ।

३ वर्षसम्म ‘फू सी’ दिनभरी सडकमा घुम्थ्यो र साँझ परेपछि घरको ढोकामा आएर बस्थ्यो । रातभरी ऊ त्यही सुत्थ्यो छिमेकीले फ्याकेको जुठोले जीवन गुजारा गथ्र्यो । छिमेकीले जनाएअनुसार ३ वर्षसम्म दिन नबिराई इमानदारीपूर्वक उसले ढोका कुरिरह्यो । अन्त्यमा एक दिन छिमेकीले नै वेवारिसे पशु हेर्ने विभागमा सूचना दिएकाले उनीहरू आएर कुकुर आफूसँग लिएर गए ।

पशु विभागद्वारा गरिएको परीक्षणमा सो कुकुरको शरीरमा घाउ भएर किरा पनि परिसकेका रहेछन् । त्यहाँ उसको उपचार गरियो र ठीक पारियो । यो कथा सामाजिक सञ्जालमा भाइरल भएपछि एक परिवारले त्यसलाई स्वीकार गरिसकेको बताइएको छ ।

प्रतिक्रिया