हुम्लामा आँखा शिविर

हुम्ला, २४ कात्तिक । सदरमुकाम सिमीकोटदेखि दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाको हिमज्योति माविमा आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर सञ्चालन भएको थियो ।

हिमालय आँखा अस्पताल घारी पाटन पोखराको प्राविधि, औषधि र आर्थिक सहयोगमा सञ्चालित उक्त शिविरमा ७२ जनाको मोतीबिन्दु, ५०० जनाको साधारण जाँच र औषधि वितरण गरिएको पोखराका डा. हरिविक्रम अधिकारीले जानकारी दिए ।

सर्केगाड उपशाखाका सभापति भीमबहादुर शाहीले मुगुको धैन सोरुकोट, भी, नार्थपुलगायत बिरामीले सेवा लिएको बताए ।

गाउँपालिकामा कर्मचारी अनुपस्थित

ताजाकोट गाउँपालिका मैलामा २५ जनाको दरबन्दी भएपनि हालसम्म दुईजना कार्यालय सहयोगी र दुई वडा सचिवबाहेक अन्य कुनै पनि कर्मचारी नभएका कारण सार्वजनिक सेवा सुविधा प्रदान गर्नमा समस्या भएको वडा सचिव विष्णुलाल सार्कीले बताए ।

त्यस्तै अदानचुली गाउँपालिका श्रीनगर, चखेली गाउँपालिका दार्मा, सर्केगाड गाउँपालिका सर्केगाड, खार्पुनाथ गाउँपालिका खार्पुनाथमासमेत कर्मचारीको अभाव रहेकाले सार्वजनिक सेवा प्रभावित भएको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया