अफगानी वार्ता प्रस्तावको पाकिस्तानद्वारा स्वागत

इस्लामावाद ।अफगान राष्ट्रपति अस्ररफ घानीले शनिबार आफ्नो देश पाकिस्तानसँग विस्तृत वार्ताको लागि तयार भएको विज्ञप्ति प्रकाशित गरेपछि पाकिस्तानले स्वागत गरेको छ।राष्ट्रपति घानीले मुस्लिमको पर्व इद उल अदाको उपलक्षमा दिएको एक सन्देशमा पाकिस्तानसँग शान्ति वार्ता अफगानिस्तानको राष्ट्रिय एजेन्डा भएको बताएका छन् । पाकिस्तानको विदेश मन्त्री खवाजा मुृहमद सरिफले अफगान राष्ट्रपतिको यस अभिव्यक्तिको अभिवादन गरेका छन् ।

पाकिस्तानको पनि अफगानिस्तानसँग वार्ताको चाहाना रहेको उनले बताएका छन् । ‘पाकिस्तानको अफगानिस्तानप्रतिको दृष्टिकोणको विषयमा अफगानिस्तान एकदम प्रष्ट भएको’ हाम्री अफगानिस्तानमा शान्ति र स्थायित्व देख्न चाहान्छौँ यसको लागि पाकिस्तानले आफ्नो तर्फबाट सक्दो योगदान र सहयोग गर्ने विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  अघि पनि पाकिस्तान र अफगानिस्तानबीच विभिन्नको चरणका वार्ता भइसकेको पनि मन्त्री सरिफले बताएका छन् ।

प्रतिक्रिया