बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

pakrau 1मेलम्ची, १४ भाद्र । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १३स्थित फटकशिलाबाट प्रहरीले बहुविवाह मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार मेलम्ची इलाका प्रहरी कार्यालयको टोलीले फटकशिलाकै २९ वर्षीय सचिनसिंह राईलाई पक्राउ गरी बुधबार जिल्ला अदालत पुर्याएको हो ।

विसं २०७३ मंसिर २१ मा जिल्ला अदालतले ११ महिना १२ दिन कैद र पाँच हजार जरिवाना सुनाएकामा राईले कैद सजाय भुक्तान नगरी फरार भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।

मेलम्ची प्रहरीको सक्रियताका कारण पछिल्लो समय विभिन्न मुद्दामा अदालतको फैसलाअनुसार सजाय भुक्तान नगरी फरार भएका एकदर्जन भन्दा बढी आरोपीलाई प्रहरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ ।

प्रतिक्रिया