सत्ताइस लाख राजश्व संकलन

पोखरा, १४ भदौ । जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४/७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी रु २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा मोटरसाइकल, कार-जिप-बस र अन्य गरी तीन हजार ७५० सवारीसाधनका चालक कारबाहीमा परेका थिए ।

सो अवधिमा सवारीसाधन दुर्घटनामा कमी आएको उनले बताए । साउनमा नौवटा सवारीसाधन दुर्घटना भएकामा चार जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया