बंगलादेशको सीमामा ६ हजार बर्मेली

कोसस बजार १४ भदौ । म्यानमारमा पुन सुरु भएको हिंसाको कारण बंगलादेशको सीमा क्षेत्रमा करिब ५ हजार रोहिङगया नागरिकहरू अडिएका छन् । एक बंगलादेशी वरिष्ठ अधिकारीले संयुक्त राष्ट्रसंघलाई सीमा क्षेत्रमा अडिएका ती व्यक्तिको सहयोगलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगका अनुसार गत ३ दिन यता करिब ३ हजार सीमा क्षेत्र पार गरी बंगलादेश भित्रिएका छन् ।

तर, नजिकैको गाउँमा जारी विवादयुक्त झडपको कारण भारी संख्यामा नागरिक सीमा क्षेत्रमा अडिएका छन् । जारी हिंसाको कारण करिब ६ हजार म्यानमारका नागरिक बंगलादेशभित्र जानको लागि सीमा क्षेत्रमा अडिएका बंगलादेशी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया