चोपडाको नेपाली फिल्म टोरन्टो फेस्टिबलमा

pahuna-priyanka-chopra-7591मुम्बई १४ भदौ । क्यानाडाको टोरन्टोमा हुने फिल्म फेस्टिबलमा बलिउड अभिनेत्री प्रियंका चोपडाको कम्पनी पर्पल पेब्बलले निर्माण गरेको नेपाली भाषाको सिक्किमी फिल्म ‘पाहुना’ छनोटमा परेको छ । ७ सेप्टेम्बरबाट सुरु हुने सो फेस्टिबलमा फिल्मले स्क्रिनिङका लागि आमन्त्रण पाएको निर्माण पक्षले जानकारी गराएको हो ।  प्रियंकाले आमा मधु चोपडासँग मिलेर स्थापना गरेको पर्पल पेब्बलले भारतका क्षेत्रीय भाषामा फिल्म बनाउने उद्देश्य राखेको छ । ‘पाहुना’ सो कम्पनीले बनाएको पाँचौँ फिल्म हो । चोपडाको कम्पनीले बनाएको मराठी भाषाको फिल्म ‘भेन्टिलेटर’ ले यसअघि राष्ट्रिय पुरस्कारमा ३ वटा अवार्ड जितेको थियो ।
नेपालबाट भागेर सिक्किम जाने क्रममा बाबुआमासँग छुटेका ३ साहसिक केटाकेटीका कथालाई फिल्ममा उठाइएको छ । फिल्म स्क्रिनिङमा छानिएपछि प्रियंका रुँदै भनिन्, ‘हाम्रा लागि यो गौरवको कुरा हो । निर्माताको रूपमा नयाँ प्रतिभालाई मौका दिनु र पर्दा पछाडिका कथालाई दुनियाँमा प्रस्तुत गर्न पाउँदा खुसी लाग्छ । पाहुनामा पनि नेपालका ३ बच्चाको रोचक यात्रालाई प्रस्तुत गरेका थियौँ । कथाले राम्रो मञ्च पाएको छ ।’ सो चलचित्रको निर्देशन पाखी ए टायरवालाले गरेका हुन् । फिल्ममा उत्तम प्रधान, अनमोल लिम्बू, ईशिका गुरुङ, सुजय राई, मञ्जु केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया