रसियन सुन्दरी सारापोभाको पुनरागमन

439DFAC700000578-4828304-The_Russian_is_rusty_and_will_begin_the_first_round_match_at_Flu-m-6_1503868154241न्युयोर्क १४ भदौ । रसियन टेनिस सुन्दरी मारिया सारापोभाले युएस ओपन टेनिसबाट खेल जीवनमा उत्कृष्ट पुनरागमन गरेकी छन् । साथै, अमेरिकामा जारी युएस ओपनको पहिलो चरणको खेलमा सारापोभाले दोस्रो वरीयताकी सिमोना हालेफसँग पनि संघर्ष गरिन् । निलम्बन फुकुवा भएपछि टेनिस कोर्ट फर्किएकी टेनिस सुन्दरी सारापोभाले जारी युएस ओपन ग्रान्डस्लाम टेनिसमा जित निकाल्दै उत्कृष्ट पुनरागमन गरिन् । सारापोभाले युएस ओपनको पहिलो चरणमा विश्व नम्बर २ रोमानियाकी सिमोना हालेपमाथि आफ्नो जीवनका लागि महत्वपूर्ण जित निकालिन् । ३० वर्षीया सारापोभाले हालेपमाथि ६–४, ४–६ र ६–३ को प्रतिस्पर्धात्मक जित निकालिन् ।

43AACFD900000578-0-image-a-13_1503982981198सारापोभाले हालेफमाथि जित निकाल्न करिब २ घन्टा ४४ मिनेट समय लगाइन् । रसियन पूर्वस्टार सारापोभाले करिब १५ महिनापछि पहिलो ग्रान्डस्लाम खेलेकी थिइन् । जसमा बलियो प्रतिद्वन्द्वी पाए पनि सारापोभाले अझै आफ्नो खेलस्तर राम्रो रहेको प्रमाणित गरिन् । सन् २००६ को च्याम्पियन र पूर्वविश्व नम्बर १ सारापोभाले वाइल्ड कार्डमार्फत खेलमा स्थान बनाएकी थिइन् । शक्तिवर्धक औषधि प्रयोग (डोपिङ) मा असफल भएपछि ५ पटकको ग्रान्डस्लाम विजेता सारापोभालाई टेनिस फेडेरेसनले निलम्बन गरेको थियो । सारापोभाले सन् २०१६ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् ।

tenish sundari mariya

उनी हाल १४६औँ स्थानमा छिन् । जितपछि सारापोभाले यो समयको लागि आफू प्रतिक्षामा रहेको बताइन् । उनले भनिन्, ‘तिमीलाई थाहै हुन्छ, जबकी यो खेल तिमीले जित्छौ भन्नेमा तर यसपलको लागि तिमी लायक छौँ ।’ हालेपविरुद्ध सारापोभाको यो अपराजित सातौँ खेलसमेत हो । अब सारापोभाले दोस्रो चरणमा हंगेरीकी टिमा बाबोस्को सामना गर्नेछिन् । बाबोस्कोले स्विट्रल्यान्डकी गोलुविकलाई ७–५, ५–७ र ७–५ ले हराएकी थिइन् । स्पेनिस स्टार गार्बिन मुगुरुजा पनि युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । सोमबार राती भएको पहिलो चरणमा अमेरिकन खेलाडी भर्वारा लेप्चेनकोलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाइन् ।

अमेरिकाको न्युयोर्कमा भएको खेलमा तेस्रो वरीयताकी मुगुरुजाले लेप्चेनकोमाथि ६–० र ६–३ को जित निकालिन् । यसै सिजन विम्बल्डन टेनिसको उपाधि जितेकी मुगुरुजाले अब तेस्रो चरण प्रवेशका लागि चिनियाँ खेलाडी डुआन यिङयिङसँग खेल्नेछिन् । ब्रिटेन स्टार जोहन्ना कोन्टा भने युएस ओपनको पहिलो चरणबाट बाहिरिएकी छन् । कोन्टा सर्बियन खेलाडी अलेक्जेन्ड्रा क्रुनिकसँग ४– ६, ६–३ र ६–४ ले पराजित भइन् । अमेरिकाकी स्टेफेन्सले इटालीकी भिन्सीलाई ७–५ र ६–१ हराउँदै दोस्रो चरणमा स्थान बनाइन् । डेनमार्ककी कारोलिन वाज्निएस्कीले बेल्जियमकी मिहाइला बुजारनेस्कुलाई ६–१ र ७–५ लाई हराउँदै दोस्रो चरणमा स्थान बनाए ।

प्रतिक्रिया