उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु

myanmarयाङ्गुन, १३ भदौ । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ ।

म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो जानकारी दिएको समाचारमा जनाइएको छ । करिब एक सयको सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले हातहतियारसहित सो आक्रमण गरेका छन ।

माउङ्गताउ राज्यमा गत आइतबारबाट सोमबारसम्म सात वटा गाउँ र एउटा प्रहरी जाँच चौकीमा आगजनी गरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।

सरकारी वकिलको कार्यालका अधिकारीकाअनुुसार गत शुक्रबारबाट आतङ्ककारीहरुले समेत सहभागितामा भएका विभिन्न आक्रममणमा परी ११० व्यक्तिको मृत्यु भएको छ ।

सो क्षेत्रमा अहिले पनि अवस्था निकै अशान्त रहेको पाइएको छ । प्रहरीले उक्त क्षेत्रमा निकै ठूलो संख्याका सुरक्षाकर्मी खटाइएको जनाएको छ ।

प्रतिक्रिया