भारतीय धर्मगुरु रहिमलाई १० बर्ष जेल सजाँय

ram-rahimरोहतक, १३ भदौ । भारतीय एक अदालतले सोमबार डेरा सच्चा सौदा समूहका आध्यात्मिक नेता गुरमित राम रहीम सिंहलाई १० बर्ष जेल सजाँय तोकेको छ ।पचास-बर्षीय राम रहिममाथि आफ्नै भक्तमाथि बलात्कार गरेको आरोपमा उक्त सजाँय तोकिएको हो ।

आध्यात्मिक नेता गुरमित राम रहिम सिंहलाई १० बर्ष जेल सजाँय तोकेको छ, प्रतिवादी वकील उत्सव सिंह बाएन्सले बताए । गत शुक्रबार अदालतले धर्मगुरु राम रहिमलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपनि उजलाई के सजायँ हुने भन्ने बिषयमा फैसला आएको थिएन ।

हरियाणाको उक्त अदालतले राम रहिमबाट पीडित बनेका महिलाहरूको आरोपको पक्षमा वकालत गरेका कानून व्यवसायी वाएन्सले अभियुक्तमाथि थप सजाँय हुनुपर्ने बताए ।

उनले भारतीय सङ्घीय अदालतलाई धार्मिक नेता रहिममाथि लागेका दर्जनौँ अन्य मुद्दामाथि पनि अनुसन्धान शुरुगर्न अनुरोध गरेको बताए ।
हामीले छिट्टै दुई बटा मुद्दा सुनुवाईका लागि अपील गर्नेछौँ, वाएन्सले बताए ।

हाम्रो जानकारीमा आध्यात्मिक नेता रहिमका कारण ४८ महिला यौनहिंसाबाट पीडित बनेका र केहीलाई हत्यासमेत गरिएको हुनसक्ने छ । केही रहिम विरुद्ध बोल्न डराएर प्रशासनमा नपुगेका व्यवसायीले जनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलामाथि गरेको हिंसाको निन्दा गरेका छन् तर हरियाणा राज्यकोसमेत सत्तामा रहेको उनकै दल भारतीय जनता पार्टीले घटनाबारे केही नबोलेको भनी आलोचना गरिएकोे छ ।

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएका झडपमा तीन दिनयता कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी दर्जनौँको सङ्ख्यामा उनका समर्थकहरू घाइते भएका छन् ।

शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थान र दिल्लीमासमेत व्यापक प्रदर्शन भएपनि प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।

प्रतिक्रिया