कैलालीको धनगढी उमावि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कारबाट पुरस्कृत

कैलाली, १३ भदौ । यस वर्षको अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार कैलालीको धनगढी उच्च माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।

प्रेस काउन्सिल नेपाल र शिक्षा विभागले संयुक्तरुपमा प्रदान गर्ने उक्त पुरस्कार कैलालीका सबैभन्दा पुरानो विद्यालय धनगढी माध्यमिक विद्यालयले प्राप्त गरेको हो । यसअघि यो पुरस्कार नेपालका २६ वटा विद्यालयले प्राप्त गरिसकेका छन् ।

कैलालीका सामुदायिक विद्यालयकातर्फबाट धनगढी माध्यमिक विद्यालयले उक्त पुरस्कार प्राप्त गरेको सो विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्टले जानकारी दिए ।

यो विद्यालयसहित कैलालीबाट निजी विद्यालयतर्फबाट एक्सिस विद्याश्रम र टीकापुर रेडियन्ट मन्टेश्वरीले पनि उक्त पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कारका लागि नेपालभरिबाट एक सय विद्यालयले आवेदन दिएका थिए ।

प्रतिक्रिया