भारतीय धर्मगुरु रहिमलाई १० वर्ष जेल

Ram-Rahim-25082017070700-1000x0रोहतक १३ भदौ । भारतीय एक अदालतले सोमबार डेरा सच्चा सौदा समूहका आध्यात्मिक नेता गुरमित रामरहीम सिंहलाई १० वर्ष जेल सजाय तोकेको छ ।५० वर्षीय रामरहिममाथि आफ्नै भक्तमाथि बलात्कार गरेको आरोपमा उक्त सजाय तोकिएको हो । आध्यात्मिक नेता गुरमित रामरहिम सिंहलाई १० वर्ष जेल सजाय तोकेको छ, प्रतिवादी वकिल उत्सव सिंह बाएन्सले एएफपीलाई बताए ।  गत शुक्रबार अदालतले धर्मगुरु रामरहिमलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि उनलाई के सजाय हुने भन्ने विषयमा फैसला आएको थिएन । हरियाणाको उक्त अदालतले रामरहिमबाट पीडित बनेका महिलाहरूको आरोपको पक्षमा वकालत गरेका कानुन व्यवसायी बाएन्सले अभियुक्तमाथि थप सजाय हुनुपर्ने बताए ।

उनले भारतीय संघीय अदालतलाई धार्मिक नेता रहिममाथि लागेका दर्जनौँ अन्य मुद्दामाथि पनि अनुसन्धान सुरु गर्न अनुरोध गरेको बताए । हामीले छिट्टै २ वटा मुद्दा सुनुवाइका लागि अपिल गर्नेछौँ, बाएन्सले बताए । हाम्रो जानकारीमा आध्यात्मिक नेता रहिमका कारण ४८ महिला यौनहिंसाबाट पीडित बनेका र केहीलाई हत्यासमेत गरिएको हुनसक्नेछ । केही रहीमविरुद्ध बोल्न डराएर प्रशासनमा नपुगेका व्यवसायीले जनाए ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलामाथि गरेको हिंसाको निन्दा गरेका छन् तर हरियाणा राज्यको समेत सत्तामा रहेको उनकै दल भारतीय जनता पार्टीले घटनाबारे केही नबोलेको भनी आलोचना गरिएकोे छ ।

गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख रामरहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएका झडपमा ३ दिनयता कम्तीमा ३८ जनाको ज्यान गएको छ ।प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी दर्जनौँको संख्यामा उनका समर्थकहरू घाइते भएका छन् ।  शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाब र राजस्थान र दिल्लीमासमेत व्यापक प्रदर्शन भए पनि प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।

प्रतिक्रिया