‘युवालाई रोजगारमूलक तालिम स्वदेशमै’

दाङ १३ भदौ । सरकारले युवालाई स्वदेशमै रोजगारमूलक तालिम दिने भएको छ । रोजगारमूलक तालिमको अभावमा लाखौँ युवा विदेशिन बाध्य भएको अवस्थामा सरकारले युवालाई स्वदेशमै राजगारमूलक तालिम दिने तयारी गरेको हो । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङका युवालाई सरकारले तालिम दिलाई स्वदेशमै रोजगारी दिने बताएका छन् ।  नेपाल नेत्रज्योति संघ दाङ शाखाले सोमबार दाङमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहँुदा लाखाँै युवा विदेश पलायन हुनुपर्ने अवस्थालाई घटाउँदै लैजाने बताए ।

‘अब नेपालमै युवाले कम्तीमा २५ हजार आम्दानी गर्न सक्ने वातावरण सिर्जना गर्न विभिन्न सीपमूलक तालिम सञ्चालन र उद्योग कलकारखाना विस्तार गर्न सरकार लागेको छ’ राज्यमन्त्री चौधरीले भने । यसअघि, राज्यमन्त्री चौधरीले संघले सञ्चालन गरेको राप्ती आँखा अस्पतालको अवलोकन गरेका थिए । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले उनलाई अस्पतालको भौतिकस्थिति र सेवाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया