रिजालको उपन्यासमा बोक्सी प्रथा

kamal rijalकाठमाडौं १३ भदौ । आख्यानकार, आध्यात्मिक चिन्तक तथा पत्रकार कमल रिजालको ‘दृष्टिभ्रम’ उपन्यास राजधानीमा एक समारोहबीच विमोचन गरिएको छ । बोक्सी प्रथाका नाममा मान्छेले मान्छेको पीडालाई उपन्यासमा समेटिएको उपन्यासकार रिजालले बताए ।

मानवमा रहेको ‘दृष्टिभ्रम’ ले बोक्सी प्रथालाई पश्रय दिएको बताउँदै रिजालले भने, ‘बोक्सीको उपचारका लागि मानिसले आफ्नो आँखा खोल्नुपर्ने र पीडितले प्रहरी, प्रशासन र न्यायालयमा उपचारका लागि आफूलाई पु¥याउनुपर्ने बाध्यता रहेको छ ।’ यसअघि, रिजालका ‘सुकर्म’ र ‘पृथा’ उपन्यास प्रकाशन भएका छन् ।

यस उपन्यासमा नेपाली समाजमा व्याप्त बोक्सी प्रथा र त्यसको विकृति पक्षलाई कलात्मक रूपमा लेखिएको छ । बोक्सी, दाइजो र छाउपडी तथा मासिक धर्मप्रति प्रथामा शिक्षित व्यक्तिमै दोहोरो चरित्र रहेको अधिकारकर्मी मीना शर्माले बताइन् ।

त्यस्तै अधिकारकर्मी तथा साहित्यकार डा. अर्चना थापा, रिता साह, र मानवाधिकारकर्मी मोहना अन्सारीले उपन्यासमा वर्तमान समयको जल्दोबल्दो समस्यालाई उजागर गरी समाधानको बाटो देखाएको बताए । अनुसन्धानमा आधारित उपन्यासलाई ११ खण्डमा विभाजित गरिएको छ । उपन्यासको प्रकाशन सांग्रिला बुक्स प्रालिले गरेको हो ।

प्रतिक्रिया