पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण

चितवन, १२ भदौ । विगत दुई वर्षदेखि जापानमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहकार दिनेशकुमार थपलियाले सोमबार सो शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

महासंघले सोमबार चितवनमा आयोजना गरेको कार्यक्रममा थपलियाले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडालाई प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।प्रोजेक्टरको बजार मूल्य ४२ हजार पाँच सय रहेको थपलियाले बताए ।

जापानमा रहेर साझा चौतारी डटकमसमेत सञ्चालन गर्दैआएका थपलियाले चितवन र नवलपरासीका विभिन्न सञ्चार माध्यम स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।

चितवनबाट प्रकाशित हुँदै आएको कायाकैरन दैनिक, हाम्रो एफएम, कालिका एफएम, ध्रुवतारा एफएम, क्रिष्टल टेलिभिजन, कावासोतीको रेडियो मध्यविन्दुलगायतका सञ्चार माध्यम उनिसहितको लगानी र सक्रियतामा सञ्चालन हुँदै आएका छन् ।

चौबीस वर्षसम्म नेपाली पत्रकारितामा क्रियाशील थपलियाले आउँदा दिनमा पनि पत्रकार महासंघलाई आफ्नो तर्फबाट सहयोग पुर्याउने बताए ।

प्रतिक्रिया