अखिल क्रान्तिकारीमा फेरि टीका प्रथा

akhil-krantikariकाठमाडौं । अनेरास्ववियु क्रान्तिकारीमा फेरि टीकाप्रथाबाट नै नेतृत्व ल्याउने प्रयास गरिएको छ ।  निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएको क्रान्तिकारीले फेरि पनि टीकाप्रथाबाट नै नेतृत्व चयन गर्ने प्रयास गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको ठाडो निर्देशनमा गृहमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई अध्यक्ष बनाउने प्रयास गरिएको छ ।  गत बुधबारबाट सुरु भएको २१औँ राष्ट्रिय सम्मेलनले फेरि पनि पार्टीले हस्तक्षेप गरेर नेतृत्व ल्याइँदै छ ।
पार्टीभित्रका यावत् प्रक्रियामा लोकतान्त्रिक र प्रजातान्त्रिक मूल्यमान्यतामा चल्न गाह्रो मान्ने देखिएको माओवादी केन्द्र लोकतन्त्र आएको १० वर्ष पूरा भए पनि पनि पुरानो ढर्रामा चलिरहेको छ ।

शनिबार सर्वसम्मति नेतृत्वको लागि सहमति नजुटे पनि आइतबार निर्वाचन प्रक्रिया सुरु भएको क्रान्तिकारीमा फेरि पनि सहमति भन्दै जबर्जस्ती पार्टी नेतृत्व पंक्तिले पेलेर जनार्दनका भाइ अनिललाई नेतृत्वमा ल्याउने कोशिस गरिरहेको बुझिएको छ ।

अध्यक्षका अर्का दावेदार रन्जित तामाङ, वीरेन्द्र बस्नेतलाई जबर्जस्ती बसालेर पार्टी नेतृत्वले अनिललाई अध्यक्ष बनाउन लागेको हो । यसअघिका अध्यक्ष कृष्णध्वज खड्का, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र नरेन्द्र न्यौपाने पनि टीकाप्रथाबाट नै नेतृत्वमा आएका हुन् ।

प्रतिक्रिया