प्राइम सेमिफाइनलमा

prime semi maकाठमाडौं १२ भदौ । प्राइम कलेज पाँचौँ जेभियर कप यू–१९ अन्तरकलेज बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार यू–१९ पुरुषतर्फको प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा प्राइमले बनहार्ट कलेजलाई ५६–५० स्कोर अन्तरमा हरायो । प्राइमले १७–१२, ११–१६, १७–१४ र ११–८ क्वाटरमा खेल समाप्त गर्दा पहिलो, तेस्रो र चौथो क्वाटरलाई जितको आधार बनाउँदै ११ अंकको अग्रता लिएको थियो ।

बनहार्ट कलेजले भने दोस्रो क्वाटरमा ५ अंकको अग्रता लिए पनि जितका लागि पर्याप्त नभएपछि ६ अंकले पराजय बेहोर्नुप¥यो । प्राइम कलेजलाई जित दिलाउन प्रज्वल महर्जनले सर्वाधिक २५ स्कोर गरेका थिए । जेभियर इन्टरनेसनल कलेज कालोपुलको आयोजनामा भएको यू–१९ महिलातर्फको राउन्ड रबिन खेलमा एनसिसिएस कलेजले प्राईम कलेजमाथि १ अंकको रोमाञ्चक जित निकाल्यो ।

एनसिसिएसले दोस्रो क्वाटरमा लिएको १३ अंकको अग्रता नै जितको मूल आधार बन्यो । प्राइमले पहिलो, तेस्रो र चौथो क्वाटरमा क्रमशः १३–९, ६–४ र १२–६ ले अग्रता लिए पनि जितको लागि पर्याप्त हुन सकेन । प्राइमले पहिलो, तेस्रो र चौथो क्वाटर लिएको १२ अंकको भर्पाइ एनसिसिएसले दोस्रो क्वाटरमै १३ अंकले अगाडि रहँदै पूरा ग¥यो ।

उसले दोस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै १७–४ ले पछि पार्दै समग्रमा ३६–३५ को झिनो अन्तरले खेल जित्यो । विजयी टिमका लागि जेनिसा गुरुङले सर्वाधिक १३ अंकको योगदान दिएकी थिइन् ।

१५ भदौसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५ र पुरुषमा १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रातर्फ आयोजक जेभियर कलेज, गोल्डेन गेट, सिसिआरसी, प्राइम र साइपालले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । छात्रतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गएिको छ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने छात्र विधामा समूह ‘ए’ मा आयोजक जेभियर ए, लिटिल एञ्जल्र्स, गोल्डेन गेट र नोबल एकेडेमी रहेका छन् । समूह ‘बी’मा ट्रिनिटी, सीसीआरसी र बर्न हार्ट छन् । एञ्जल्स् हार्ट, ज्ञान निकेतन, रिलायन्स एकेडेमी र पुष्पसदन समूह ‘सी’ मा रहेका छन् । समूह ‘डी’ मा आयोजक जेभियर बी, प्राइम कलेज र ग्रिनफिल्ड रहेका छन् ।

प्रतिक्रिया