कविता : सुनपीपल

Bharat Rodan Saud
मलाई किताबको प्राचीन इतिहासभन्दा
झन् धेरै प्राचीन लाग्छ
किताब देख्नुअघि नै मैले देखेको
दानदाइको घर
मलाई लिखित इतिहासको प्राचीनताभन्दा
झन् धेरै प्राचीन लाग्छ
अक्षर चिन्नुअघि नै मैले चिनेको
टुनीको रूख

मेरै घरआँगनमा मलाई खेलाउँदै हुर्काउने त्यसको छायाँ

भत्काइदियो सडकले मेरो गोरेटो
भत्काइदियो चौतारो सडकले
ढुंगे धारो भत्काइदियो पानीट्यांकीले
र हावा स्वयंले
खुइल्याइदियो मेरो रङ
केवल ठडिए ठेकेदार नेताका महल
स्कुल भत्काइदियो स्कुलैले
र मोटाए नेताकै ज्वाइँछोरा

मेरो गाउँ मेरो गाउँजस्तो देखिन छाड्यो
र सहर पसेदेखि
म आपैmँ आफूजस्तो देखिन छाडेँ

प्राचीन इतिहासभन्दा
झन् धेरै प्राचीनजस्ता
उस्तै लाग्छन् मलाई
गोलेकोटको ढुंगेधारो
जोगनदेउको अग्लो थुम्को
र सुनपीपलको पीपल
जहाँबाट म निदाएसँगै ब्युझन्छ मेरो बालपन
र निदाउँदैन रातभरि
नब्युझेसम्म म यो सहरको मध्य कोलाहलमा

हो
म निदाए पनि
निदाएका छैनन् मेरा सपना
पखपख नहल्लाऊ
छुट्न सक्छ मबाट मेरो धरातल
जुन हरेक सपनामा मसँगै हुन्छ
र मात्र त्यहाँ देखिन्छ मेरो गाउँ मेरो गाउँजस्तो
र आजकल त्यहाँ मात्र देखिन्छु म आपैmँजस्तो

पखपख
मलाई यत्ति डर छ
कतै भत्काइदेला मेरो सपनालाई पनि
अर्को महत्वाकांक्षी सपनाले

भरत रोदन साउद
मलाई किताबको प्राचीन इतिहासभन्दा
झन् धेरै प्राचीन लाग्छ
किताब देख्नुअघि नै मैले देखेको
दानदाइको घर
मलाई लिखित इतिहासको प्राचीनताभन्दा
झन् धेरै प्राचीन लाग्छ
अक्षर चिन्नुअघि नै मैले चिनेको
टुनीको रूख

मेरै घरआँगनमा मलाई खेलाउँदै हुर्काउने त्यसको छायाँ

भत्काइदियो सडकले मेरो गोरेटो
भत्काइदियो चौतारो सडकले
ढुंगे धारो भत्काइदियो पानीट्यांकीले
र हावा स्वयंले
खुइल्याइदियो मेरो रङ
केवल ठडिए ठेकेदार नेताका महल
स्कुल भत्काइदियो स्कुलैले
र मोटाए नेताकै ज्वाइँछोरा

मेरो गाउँ मेरो गाउँजस्तो देखिन छाड्यो
र सहर पसेदेखि
म आपैmँ आफूजस्तो देखिन छाडेँ

प्राचीन इतिहासभन्दा
झन् धेरै प्राचीनजस्ता
उस्तै लाग्छन् मलाई
गोलेकोटको ढुंगेधारो
जोगनदेउको अग्लो थुम्को
र सुनपीपलको पीपल
जहाँबाट म निदाएसँगै ब्युझन्छ मेरो बालपन
र निदाउँदैन रातभरि
नब्युझेसम्म म यो सहरको मध्य कोलाहलमा

हो
म निदाए पनि
निदाएका छैनन् मेरा सपना
पखपख नहल्लाऊ
छुट्न सक्छ मबाट मेरो धरातल
जुन हरेक सपनामा मसँगै हुन्छ
र मात्र त्यहाँ देखिन्छ मेरो गाउँ मेरो गाउँजस्तो
र आजकल त्यहाँ मात्र देखिन्छु म आपैmँजस्तो

पखपख
मलाई यत्ति डर छ
कतै भत्काइदेला मेरो सपनालाई पनि
अर्को महत्वाकांक्षी सपनाले

प्रतिक्रिया