माया जालमा फसाउन चारा दिन्छन् मायालुलाई
आशु झार्न नसक्नेले रारा दिन्छन् मायालुलाई
प्रेमी नै हु“ पार्नलाई नानाथरी कसम खाई
तिमी मुना म हू“ मदन नारा दिन्छन् मायालुलाई
बिहान दिन्छन् सा“झ दिन्छन् जुन दिन्छन् घाम दिन्छन्
यति मात्र होइन सारा संसार दिन्छन् मायालुलाई
यो धर्तीका सारा चिज दि“दा पनि नपुगेर
आकासमा टिलपिल गर्ने तारा दिन्छन् मायालुलाई
गन्तव्यमा पुगेपछि सबै चिज लुटेपछि
हा“सो आपैm“ लिई अश्रुधारा दिन्छन् मायालुलाई
प्रतिक्रिया