राजपा पर्सामा कुटाकुट : मेयरको टिकटका लागि श्रीवास्तव र सिंह पक्षबीच झडप

20170825_131825वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर छनोटका विषयलाई लिएर राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार झडप भएको छ । उम्मेदवार छनोट र चुनावी रणनीतिको विषयमा छलफल गर्न वीरगञ्जको होटल कुमु प्यालेसमा राजपाको बैठक बस्ने कार्यक्रम थियो ।

सो बैठकमा राजपाको केन्द्रीय कार्यसमितिले चुनावमा पर्सा जिल्लाका लागि खटाएको पर्यवेक्षक विजय गुप्ता, पर्सा अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय सदस्य र पदाधिकारीहरू मात्रै बैठकमा सहभागी थिए । बैठक चल्दाचल्दै राजपाबाट मेयरका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंह दुवै समूहका कार्यकर्ताहरू ठूलो संख्यामा होटल कुमु प्यालेसमा एक्कासि प्रवेश गरेपछि झडप हुनुका साथै बैठक पनि स्थगित भएको छ ।

विमल श्रीवास्तव समूहका कार्यकर्ता रामबाबु चौरसियाले श्रीवास्तवको पक्षमा नाराबाजी गरेपछि अर्को समूहका कार्यकर्ताहरूले उनलाई धकेल्दा झडप भएको बताइएको छ । यस्तै, बैठक बस्ने भनिएको हलभित्र दुवै समूहका कार्यकर्ताहरूले कुर्सी हानाहान पनि गरेका थिए । बैठक सुरु नहँुदै दुवै समूहका कार्यकर्ताहरूले चर्को नाराबाजी गरेपछि बैठक हालका लागि स्थगित गरी केन्द्रीय पर्यवेक्षक गुप्ता र अन्य केन्द्रीयस्तरका नेता होटलबाट बाहिरिए ।

होटल कुमु प्यालेसमा शुक्रबार उम्मेदवारी छनोट र चुनावी रणनीतिका विषयमा छलफल गर्न केन्द्रीय पर्यवेक्षक, जिल्लामा रहेका केन्द्रीय सदस्य, केन्द्रीय पदाधिकारी र पर्सा जिल्ला अध्यक्ष मण्डलका सदस्यहरूको मात्र उपस्थितिमा बैठक बस्ने कार्यक्रम रहेको थियो । बैठकस्थलमा कार्यकर्ता र समर्थक ठूलो संख्यामा आएपछि बैठक स्थगित गर्नुपरेको राजपाका केन्द्रीय सदस्य शशीकपुर मियाले बताए ।

वीरगञ्ज महानगरपालिकाको मेयर छनोटका विषयलाई लिएर राष्ट्रिय जनता पार्टीका बैठक सुरु नहुँदै विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताहरूले आ–आफ्नो नेताको पक्षमा चर्को नाराबाजी गरेका थिए । वीरगञ्ज जस्तो ठाउँको मेयरको लागि अनुभवी र विकासप्रेमी हुनुपर्ने राजपाका समथर्कहरूले बताएका छन् ।

विमल श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ पटक वीरगञ्जको मेयर भइसकेका छन् । श्रीवास्तव राप्रपा परित्याग गरी ०७० मा तमलोपाबाट पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडी पराजित भएका थिए । हाल उनी राजपा नेपालको महासचिव हुन् । सिंहलाई राजनीतिमा ल्याउने श्रीवास्तव नै हुन् । पहिले सिंह श्रीवास्तवको समर्थक थिए । सिंहले०७० को निर्वाचनमा शरद् सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीबाट पर्सा क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । उनले ५ हजार मत प्राप्त गरी चौथो स्थान प्राप्त गरेका थिए । हाल उनी पनि राजपाको महासचिव हुन् ।

वीरगञ्जको विकासका लागि विकासप्रेमी भनेर पहिलेदेखि पहिचान बनाएका कारण उनलाई टिकट पाउँदा उपर्युक्त हुने वीरगञ्जका राघेश्वर कुमार चौरसियाले बताए । पर्सा लहावरथकरीका वडा अध्यक्षसमेत भइसकेका विश्वनाथ ठाकुरले भने, ‘वीरगञ्जका मेयर भइसकेका विमल श्रीवास्तवसँग अनुभव छ । त्यसकारण पुरानो र अनुभवीलाई प्राथमिकता दिनुपर्छ ।’ वीरगञ्ज २१ लिपनी बिर्ताका स्थानीय रामचन्द्र साहले भने, ‘वीरगञ्जको मेयरमा नयाँ उमेरका मेयर आवश्यक रहेको छ । वीरगञ्जको विकास गर्नका लागि विकासप्रेमी युवा मेयरको खाँचो रहेको छ । पार्टी कसैको एकलौटी नभएकाले यसपालि राजेशमान सिंहले मेयरको टिकट पाउनुपर्छ ।’

पर्सा बगहीका स्थानीय नरेन्द्र साहले भने, वीरगञ्जको मेयरका लागि राजपा नेपालले पर्यवेक्षक खटाएको छ । तर, मेयरको टिकट आकांक्षीहरूका समर्थनमा रहेका कार्यकर्ताहरूले प्रदर्शन गरेको राम्रो नभएको दुःखेसो गरे । उनले भने, ‘टिकट पाउनुभन्दा पहिले समर्थनमा नाराबाजी, हानाहान गर्दा पार्टीलाई क्षति हुन्छ ।’

पार्टी नेतृत्वले जसलाई टिकट दिए पनि शुक्रबार वीरगञ्जमा राजपाका दुई नेताका समर्थक आपसमै भिडेका कारण यसले आमजनतामा राम्रो सन्देश नगएको राजपाकै एकथरि नेता कार्यकर्ताको भनाइ छ ।

शुक्रबार टिकट वितरण गर्न नभई आकांक्षीहरूको मनोभावना बुझ्न र चुनावी रणनीतिबारे मात्र छलफल गर्न बोलाइएको भेलामा केही नेताले आआफ्नो समर्थक उतारेर शक्ति प्रदर्शन गरेका कारण परिस्थिति असहज बनकोे राजपाका महासचिव शिव पटेलले बताए । राजपाले अहिलेसम्म वीरगञ्जको मेयरका उम्मेदवारबारे अन्तिम निर्णय गरी नसकेकाले अहिलेनै कसैले आपूmले टिकट पाएको भनेर प्रचार गर्नु उचित नभएको पटेलको भनाइ छ ।

प्रतिक्रिया